विद्यालय स्थापनाको ६५ औ वर्ष पुरा गरी ६६ वर्ष प्रवेशको अवसरमा आयोजित श्री भालचन्द्र माध्यमिक विद्यालयको जन्मोत्सव विद्यालयको ऐतिहासिक अभिलेखहरु, गतिविधिहरु, लेख रचना समेत समेटेर तयार पारिएको भालचन्द्र दर्पण नामक स्मारिका बिमोचन, विविध खेल विजेता विद्यार्थीलाई पदक वितरण, शिक्षक सम्मान तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूका साथ सम्पन्नउक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदम बहादुर तामाङको अध्यक्षता, पनौती नगरपालिकाका प्रमुख श्री रामशरण भन्डारीको प्रमुख आतिथ्यता , उपप्रमुख गिता बन्जाराको बिशेष आतिथ्यतामा सम्पन्न भयाे। कार्यक्रम विद्यालयका शिक्षक भोलानाथ ढुङ्गानाले सन्चालन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री चन्द्र प्रसाद तिमल्सिनाले स्वागत गर्दै भालचन्द्र माविको विगत देखि हालसम्मका गतिविधिहरुको समिक्षा र भावी अठोट प्रस्तुत गर्नुभएको थियो, कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भन्डारीले स्मारिका बिमोचन,बिजेता समुहलाई ट्रफी वितरण र शिक्षक सम्मान गर्दै भालचन्द्र मावि पनौतीकै एक अब्बल विद्यालय रहेको,यसले प्रगति गरिरहेको र विद्यालयको अझै भव्य सफलताको शुभकामना राख्नुभयो, उपप्रमुख गिता बन्जाराले यस विद्यालयको सफलताको लागि सबैलाइ धन्यवाद दिदै नगरपालिकाले शिक्षक दरबन्दी व्यवस्थापन लगायतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो , कार्यक्रममा बालबालिकाले भव्य नृत्य प्रस्तुत गरेका थिए । वि व्य स अध्यक्ष श्री पदम बहादुर तामाङले विद्यालय स्थापनादेखि हालसम्म योगदान गर्ने सबैलाइ हार्दिक धन्यवाद र आभार व्यक्त गर्न्भयो काष्ठमण्डप टेलिभिजनका लागि बिकाश भन्डारिको एक रिपोर्ट
.jpeg)
.jpeg)

