काठमाडौँ । काठमाडौँका सुरक्षा सम्वेदनशील क्षेत्रबाहेकका ठाउँमा निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले शनिबार बिहान सूचना जारी गर्दै आज बिहानदेखि काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी दिएका हुन् ।
निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन शनिबार बिहानदेखि सामान्य बन्न थालेको छ । काठमाडौँमा सार्वजनिक यातायातका साधन चल्न थालेका छन् भने बजार पनि खुल्न थालेको छ ।
जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए । जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो ।
