काठमाडौं । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैंठकको निर्णय अनुसार पुनः सुचारु गर्न लागिएको हो।
हवाई उडानका लागि विमानस्थल आउदा यात्रुहरुले वायुसेवा कम्निीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र आउन आग्रह गरिएको छ। यस्तै टिकट र परिचय खुल्ने कागजात समेत साथमा ल्याउन अनुरोध गरेको छ।
जेनजी आन्दोलनले उग्र रुप लिएसँगै मंगलबार दिउसोबाट अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरिएको थियो। उडान बन्द हुँदा सयौं यात्रुहरु अलपत्र परेका थिए। यस्तै नेपाल आउने यात्रुहरु समेत विभिन्न मुलुकमा रहेको विमानस्थलमै अलपत्र परेका थिए। अहिले विमानस्थल पूर्ण रुपमा नेपाली सेनाको नियन्त्रणमा सञ्चालनमा रहदै आएको छ।