काठमाडौं । लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । विगत ४ दशकदेखि नेपाली ठेट गीतको गायनमा व्यस्त लोकगायिका इन्दिरा गोलेको जीवन गीतजस्तै आरोह–अवरोहपूर्ण छ। विभिन्न भाषा, भाका र भेगका ५ हजारभन्दा धेरै गीतमा स्वर भरेकी उनी क्यान्सर रोगले ग्रस्त थिइन् ।
चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् । विक्रम संवत २०४५ सालबाट रेडियो नेपालले कार्टेजमा रेकर्ड गरेको थियो । ‘हातमा हँसिया कम्बरमा खुर्पेटो, घाँसै काटौँ न, तर्की–तर्की नहिँड निरमाया सँगै बसौँ न’ गीत उनकाे पहिलो रेकर्डको गीत हो ।
जन्मठाउँ ललितपुर जिल्ला हालको कोञ्जोस्योम गाउँपालिका साबिकको भारदेउ गाविस हाे । जन्मठाउँ ललितपुर भारदेउको समाज, संस्कृति, पाखापर्वत, दाउरा घाँस, मेलापर्व र तत्कालीन समयमा रेडियोमा बजेका गीतनै उनका प्रेरणा थिए ।
साथै चाडबाड, मेलापर्व विवाह, छेवर, पूजा घरगाउँका सबै कार्यक्रमहरुमा दोहरी खेल्ने हुटहुटीले गीतमा लत बसायो ।
उनले स्वर दिएका गीतहरु ५ हजार छन्, तीन भागमा दुई भाग नेपाली भाषाको र एक भाग तामाङ भाषाका छन् । २०५० सालदेखि २०६८ सालसम्म मलाई गीत गाउन भ्याई नभ्याई नै थियो । एउटा एल्बममा ३-४ वटा गीत हुन्थे, कुनै दिनमा चारवटा एल्बममा समेत गीत गाएकी उनले तामाङ, नेपाली र अन्य केही भाषामा पनि गीत गाएकी छिन् ।
उनले गाएका केही डेउडा गीत निकै लाेकप्रिय पनि बने । भोजराज भट्टसँग ‘हिँड साली लेकिन माडा खाई जौपात, लौ मैले क्याभणे भणबाज’ निकै चर्चामा छ ।