ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थित् चौघरेमा गाईभैंसीलाई लम्पी रोगबाट बचाउन बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी मन्त्रालयको आयोजनामा लम्पी बिरुद्ध सप्ताहब्यापि खोप अभियानको शुभारम्भ भएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्यतामा कोन्ज्योसोम गाउपालिकाको चौघरेबाट उक्त अभियानको शुुभारम्भ भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
खोप काठमाडौँ, भक्तपुर र ललितपुरभर सञ्चालन हुनेछ । खोप अभियान भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । बागमती प्रदेश भरी गरी एक लाख २० हजार डोज खोप लगाउने योजना बागमती प्रदेश सरकारको योजना छ । 