काठमाडौं । गायिका ज्योति मगरले तीज गीत ‘मलाई हेरी हेरी, लठ्ठै पर्यो तन्नेरी’ ल्याएकी छन् । नेत्र अर्यालको शब्द तथा योगेश काजी शाहको संगीत रहेको यो गीतको भिडिओमा ज्योती ज्योति आफैं नाचेकी छन् ।
भिडियाेमा तीजको सेटअप सुन्दर तवरले देखाउन खोजिएको छ । भिडियाेलाई सुनिल छेत्रीले निर्देशन गरेका छन् । ज्योतिको आफ्नै च्यानलबाट सार्वजनिक भएको भिडियाेलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
गीत सार्वजनिक गर्दै ज्योतिले भनेकी छन् :
तीज पर्व नारी स्वतन्त्रताको पर्व हो, नारीले आफ्ना सुख-दु:ख, हाँसी मजाक, व्यंग्य, सुन्दरता, कामुकता, दया-माया, आशक्ति, क्रोधजस्ता हर भावाना साहित्य र सङ्गीतको माध्यमबाट व्यक्त गर्न स्वतन्त्र छ। यदि संस्कृतिको नाममा या धर्मको नाम सहि र गलत भन्दै कसैको सिर्जना (बौद्धिक सम्पती) माथी हस्तक्षेप गरियो भने त्यस्ता समाज भडुवाहरूलाई जबाफ दिन हामी पनि तयार छौं ।