काठमाडौँ । गायक तथा संगितकार नरेश खातीले नयाँ गीत ‘पैसा फुल्ने बुटो’ ल्याएका छन् । नरेश खातीकै शब्द र संगीत रहेको ‘पैसा फल्ने बुटो’ गीतको आवाजमा नरेशलाई गायिका रचना रिमालले साथ दिएकी छन् ।
सुनिल परियारको संगीत संयोजन रहेको गीतमा विनोद परियालले मिक्सिङ गरेका छन् । ‘पैसा फल्ने बुटो’ गीतको भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
गीतको भिडियोमा नरेश खातीसहित उज्जवल गिरी, सञ्जना गुरुङ र रचना न्यौपानेको अभिनय रहेको छ । बाल कलाकारको अभिनयमा आरुषी कार्की, युनिश घिमिरे र सुजल रसाइली छन् ।
पैसाको अभावले झेल्नुपरेको तनावलाई शब्दमार्फत गीतमा पस्केका नरेशले गीतलाई मौलिक ढंगबाट प्रस्तुत गरेका छन् । जेरी भण्डारीले निर्देशन र विकाश धमलाले सम्पादन गरेको म्युजिक भिडियोले सकरात्मक प्रतिक्रिया बटुलिरहेको छ ।